नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ को मृत्यु १८ बढि घाईते

ओखलढुङ्गान्युज, मंसिर २९, सिन्धुपाल्चोक । आज विहान सिन्धुपाल्चोकमा यात्रु बाहक बस दुर्घटनामा परेको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ७ मा बस दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा बसमा सवार १४ जनाको ज्यान गएको छ भने १८ भन्दा बढि गम्भिर घाईते भएका छन् ।

भक्तपुरवाट कालिन्चोक मन्दिर दर्शनका लागि गएको बा १४ ख ४४६८ नम्बरको रिजर्भ गाडी आईतवार विहान सवा ८ बजेतिर दुर्घटनामा परेको हो । कालिन्चोकवाट आईतवार भक्तपुर तर्फ फर्कने क्रममा सिन्धुपाल्चोक जिल्लाको पाँच किलो भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । बस सडकवाट करीब ५ सय मिटर तल खसेको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने हाल सम्म नखुलेको सिन्धुपाल्चोक जिल्लाका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिनभयो । प्रहरी नायव उपरिक्षक काफ्लेका अनुसार यो समाचार तयार पार्दासम्म घटनास्थलमा १४ जनाको शब प्राप्त भएको छ । २० भन्दा बढि घाईते छन् ।  घाईतेको संख्या अझै बढ्नसक्ने काफ्लेको भनाई छ ।

एक महिनाको अबधिमा सिन्धुपाल्चोकमा भएको यो दोश्रो ठूलो सवारी दुर्घटना हो । गत कात्तिक महिनामा पनि सिन्धुपाल्चोक जिल्लाकै सुकुटे भन्ने स्थानमा बस दुर्घटना हुदा १७ जनाको ज्यान गएको थियो ।