नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चिशंखुगढी प्रथम अध्यक्षकप भलिवलको उपाधी लिखु गाउँपालिकालाई

ओखलढुङ्गान्युज, जेठ २८ चिशंखुगढी । आज सम्पन्न चिशंखुगढी गाउँपालिकाको प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी लिखु गाउँपालिकाले जितेको छ । खेलमा विजयी भएसगै लिखुले उपाधी सगै नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया नगद, शील्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।

आफ्नो फाईनल खेलमा चिरप्रतिद्वन्द्वी चम्पादेवी गाउँपालिकालाई प्रतिष्पर्धात्मक खेलमा ३–२ सेटमा हराउदै प्रथम अध्यक्ष कपको शिल्डमा कब्जा जमाएको हो । लिखु गाउँपालिकाले चम्पादेवी गाँउपालिकालाई २५–१७, १६–२५, २५–१७, १९–२५ र १५–१३ को सेटमा हराउदै शिल्डमाथि कब्जा जमाएको हो । लिखु गाउँपालिकासँग हारे सँगै चम्पादेवीले उपविजेतामा चित्त बुझाएको छ । चम्पादेवीले उप विजेता हुदै १ लाख १ एक हजार  १ सय ११ रुपैया नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस अगाडी तेश्रो स्थानको लागि भएको प्रतिष्पर्धात्मक खेलमा आयोजक चिशंखुगढी गाउँपालिकाले विजयी हासिल गरेको छ । तेश्रो स्थानका लागि भएको खेलमा ताप्ली गाउँपालिका उदयपुरलाई २५–१८, २१–२५, २०–२५, २५–१८ र १५–६ को सेटमा हराउदै आयोजक चिशंखुगढी गाउँपालिका तेश्रो भएको हो । आयोजक तेश्रो स्थानमा चित्त बुझाएसगै उसले नगद ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

लिग खेलवाट समूहचरणका खेलमा समूह १ वाट समूह विजेता वन्दै लिखु गाउँपालिका र उपविजेता हुदै ताप्ली गाउँपालिका सेमीफाईनलमा प्रबेश गरेका थिए । त्यस्तै समूह २ वाट समूह विजेता बन्दै चम्पादेवी गाउँपालिका र उपविजेता वन्दै चिशंखुगढी गाउँपालिका सेमीफाईनलमा प्रबेश गरेको थियो ।