नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

वातावरण दिवसमा नगरपालिकाको वृक्षारोपण

ओखलढुङ्गान्युज, जेठ २२ ओखलढुङ्गा । विश्व वातावरण दिवसको अवसर पारेर ओखलढुङ्गामा बुधवार बृक्षारोपण कार्यक्रम गरिएको छ ।  विश्व वातावरण दिवसको अवसर पारेर ओखलढुङ्गामा पनि आज वृक्षारोपण कार्यक्रम गरिएको हो । विश्व वातावरण दिवसको अवसर पारेर ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

विश्व वातावरण दिवसको अवसरमा नगरपालिकाको वडा नं. ११ को पानीट्यांकी भन्ने स्थानमा विभिन्न जातका फलफुलका विरुवा रोपी सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसपश्चात वृक्षारोपण कार्यक्रममा पुगेका नगरपालिकाका विभिन्न जनप्रतिनिधी तथा कर्मचारीहरुले विरुवा रोपेका थिए ।

प्रत्येक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाईदै आईएको छ । विगतका वर्षहरुमा ओखलढुङ्गामा पनि जिल्ला वन कार्यालय तथा विभिन्न गैर सरकारी संस्थाहरुले लाखौको लगानी गरेर वृक्षारोपणको कार्यक्रम गर्ने गर्थे । तर ओखलढुङ्गामा यसपटक भने यस्तो विशेष कुनै ठूला कार्यक्रमहरुको आयोजना भने सञ्चालन गरिएन । विगतका वर्षहरुमा लाखौको खर्च गरेर वातावण दिवसको दिन रोपिएका विरुवाहरु प्राय बचेका छैनन् । वातावरण दिवसको दिन मात्रै विरुवा रोप्ने नाटक गरेर लाखौ खर्च गरेको भन्दै आम नागरिकहरुले आरोप लगाउने गरेका थिए । 

यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदुषण मुक्त पारौं, सकेसम्म पुन प्रयोग नसके बहिष्कार गरौं’ भन्ने रहेको छ । विश्व वातावरण दिवसको अवसर पारेर जिल्लाका सबै स्थानीय तहहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरिएको छ ।