नेपाली समय Loading...२०८० चैत्र ६ मंगलवार

सांस्कृतिक परम्परालाई जोगाईराख्नु पर्नेमा सांसद खड्काको जोड

ओखलढुङ्गान्युज, जेठ ६ मूलखर्क । आ–आफ्नो भाषिक तथा जातिय सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै लैजानुपर्नेमा ओखलढुङ्गका सांसद मोहन खड्काले जोड दिनुभएको छ । २५६३ औं बुद्धजयन्तीको अबसरमा शनिवार मूलखर्कमा आयोजना गरिएको विशेष सांगितीक कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि खड्काले सुखी मूलखर्के समृद्ध मूलखर्क हाम्रो अभियान, पर्यटन, कृषि, संस्कृति र खेलकुदलाई सम्मान, मूलखर्के बासी बनौ महान् भन्ने मूल नाराका साथ सञ्चालन भएको वडा स्तरिय भलिबल प्रतियोगिताको विजयी टीम तथा खेलाडीहरुलाई पनि प्रमुख अतिथि सांसद खड्काले नगद, शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ ओखलढुङ्गाका प्रदेशसभा सांसद मोहन कुमार खड्का ‘हिमशिखर’ ले कृषी क्षेत्र, शिक्षालाई प्राथमिकतामा राख्नुपर्र्नेमा जोड दिनुभयो । सांस्कृतिक र भाषिक कुराहरुको संरक्षणले नै विकास क्षेत्रलाई समेत टेवापुग्ने भन्दै सांसद खड्काले सास्कृतीक परम्परालाई जगेर्ना गर्दै लैजानुपर्ने बताउनुभयो । मुलखर्कको मात्र नभई सुनकोसी गाउँपालिकाको नै पहिचानको रुपमा रहेको गुन्द्री बजारलाई संरक्षित गर्दै पर्यटन विकासमा टेवा पुर्याउनका लागि प्रदेश सरकारको तर्फवाट समेत आगामी दिनमा सम्बोधन गर्दैजाने बताउनुभयो ।

कार्यक्रमको अबसर पारेर ओखलढुङ्गा जिल्लामा पत्रकारीता पेशामा कृयाशिल रहेर समाजमा योगदान पु¥याए वापत ‘बार्षिक कृयाशिल पत्रकारीता सम्मान २०७५’ वाट ओखलढुङ्गाका पत्रकार महासंघ ओखलढुङ्गाका उपाध्यक्ष एवम् अन्नपूर्णपोष्ट दैनिकका पत्रकार शिव प्रसाद ढुंगाना, आफ्नो एफएमका समाचार प्रमुख एवम् न्युज २४ का रामहरी श्रेष्ठ र भिजन एफएमका पुष्पा तामाङलाई सम्मानीत गरेको छ । कार्यक्रममा स्थानीय कलाकार सरितामा तामाङको पहिलो प्रस्तुती मनकी चरी गीतको विमोचन गरिएको छ ।

प्रत्येक वर्ष बुद्धजयन्तीको अबसर पारेर मुलखर्कमा गुन्द्री मेलाको आयोजना गरिदै आएको छ । गुन्द्री बजारको प्रचार प्रसार गरि यहाँको स्थानीय उत्पादन, कला, भाषा संस्कृतीको संरक्षण तथा जगेर्ना गर्दै आगामी दिनहरुमा पर्यटन प्रबर्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोवन्दराम तामाङले जानकारी दिनुभयो । कार्यक्रममा तामाङ समुदायको संस्कृत जगेर्ना गर्ने उद्देश्यले दावा वाङ्गदेलको अध्यक्षतामा ताम्बा संघको समेत स्थापना गरिएको छ ।

विविध कार्यक्रमका विच शुभकामना आदानप्रदान गरिएको ऐतिहासीक गुन्द्री बजारमा राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए । मनोरञ्जन प्रदान गर्नका लागि कार्यक्रममा राष्ट्रिय कलाकारहरु जिवन बोम्जन, शशीकला मोक्तान, सीता माझी, सचिन राई , सिर्जना बर्देवा लगायत अन्य स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती गरेका थिए ।