नेपाली समय Loading...२०८० चैत्र ६ मंगलवार

तपाईलाई कुनै स्वास्थ्य समस्या छ ? आउनुस जेठ १० गते नर्मदेश्वर

ओखलढुङ्गान्युज, जेठ ६ ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको नर्मदेश्वरमा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । “समयमै स्वास्थ्य जाँच गराऔँ, जटिल रोग लाग्नबाट बचौँ” भन्ने नाराका साथ ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं ३ नर्मदेश्वरमा बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

नर्मदेश्वर सेवा समाज ओखलढुङगा काठमाण्डौको सक्रियतामा लायन्स क्लव अफ नेपाल ओखलढुङ्गा काठमाण्डौ र ओखलढुङ्गा विपद व्यवस्थापनको आयोजनामा र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछाप, तामाकोशी सहकारी अस्पताल मन्थली रामेछाप, विपी स्मृति बसुन्धरा काठमाण्डौ,  झरना डेन्टल केयर प्रालि चावहिल काठमाण्डौको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

जेठ १० र ११ गते हुने शिविरमा स्त्री रोग, आँखा, दन्त, हाडजोर्नी र जनरल फिजिसियन रोगहरुको नेपालका विशेषज्ञ डाक्टरहरुद्धारा जाँच तथा उपचार हुने नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा काठमाण्डौका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रम लिखुगाउँपालिका वडा नं ३ नर्मदेश्वरको भिमसेनस्थान माद्यमिक विद्यालय सत्लुङमा १० गते विहान ७ बजेदेखि ५ बजेसम्म र ११ गते विहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । दुईदिन सम्म सञ्चालन हुने शिविरमा शिविरको सहआयोजक समेत रहेको झरना डेन्टल केयर प्रा.लि. को तर्फवाट दातका विरामीहरुलाई विशेष सेवा प्रदान गर्नेछ । 

गाउँघरमा उपचार गर्न नसकेका र रोग लुकाएर बसेकाहरुको स्वास्थ्य जाँच गरि खुशी, सुखी र समुन्नत समाज निर्माण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको नर्मदेश्वर सेवा समाज ओखलढुङगाका सचिव टीकादास श्रेष्ठले जानकारी दिनुभएको छ । शिबिर सञ्चालनका विभिन्न क्षेत्रहरुमा सहयोगको आवश्यकता पर्ने र सहयोग पनि जुटी रहेकोले थप सहयोगका लागि सहयोगी मनहरुप्रति आग्रह पनि गरेको छ ।