नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसन

ओखलढुङ्गान्युज, जेठ ५, काठमाडौं । शनिवार भएको मतदानवाट अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित भएका छन् । आफु पुन निर्वाचित भएपछि कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले सबै मतदातालाई धन्यवाद दिएका छन् ।

मोरिसन विजय भएसगै अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले उल्लेख गरेको छ । अष्ट्रेलियामा आम चुनावका लागि शनिबार भएको मतदानमा १ करोड ६४ लाख मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।

मथदानमा खसेको ७० प्रतिशत मात्रै मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । उक्त चुनावमा बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । पछिल्लो अपडेट अनुसार मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ । चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ ।

यो मत परिणामलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल–नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो । विगतका जति पनि मत सर्वेक्षण गरिएको थियो, त्यसमा गठबन्धन लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो । तर मतपरिणाम भने अप्रत्यासित रुपमा कन्जरभेटिभ पार्टीको आएको हो ।