नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

बलात्कारको आरोपी लिखुका वडा सदस्य श्रेष्ठ पक्राउ

ओखलढुङ्गान्युज, बैशाख ३१, ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा भएको युवती बलात्कारका आरोपी विष्णु श्रेष्ठ पक्राउ परेका छन् । लामो समय देखी फरारको सूचिमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले शोमबार ओखलढुङ्गावाट पक्राउ गरेको हो ।

लिखु गाउँपालिका वडा नं. का ३ निर्वाचित वडा सदस्य समेत रहेका श्रेष्ठ विरुद्ध बलात्कारको आरोप लागेको थियो । स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उनी विरुद्ध उजुरी दर्ता भएको थियो ।

निर्वाचित वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको इटाभट्टा कारखानामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी दर्ता गरेकी हुन् ।

आरोपी श्रेष्ठका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्क विहिन भएका बुबालाई भेटाएपछि मुद्धाको बारेमा छलफल गराउनका लागि ओखलढुङ्गा ल्याउदै गर्दा प्रहरीले बाटोवाटै नियन्त्रणमा लिएको बताए । उनले भने, ‘आरोप लागेपछि वास्तविकता बाहिर ल्याउन र मुद्धाको बारेमा छलफल गर्न हामी बुबालाई प्रहरी कार्यालयमा नै पु¥याउने उद्देश्यका साथ ओखलढुङ्गामा ल्याएका थियौं । तर प्रहरीले बाटोवाट नै फरक शैलीमा नियन्त्रणमा लियो ।’

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोनको स्वीच अफ गरी सम्पर्क बिहिन भएका थिए । पीडितको उजुरी आएपछि सम्पर्क बिहीन भएका आरोपितको खोजी कार्य भईरहेको प्रहरीले बताउदै आएको थियो । श्रेष्ठ पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । आरोपी श्रेष्ठ पक्राउ परेको विषयमा जिल्ला प्रहरी कार्यालयले मंगलवार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।