नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

व्यबस्थापन संकाय पढेका युवालाई कम्प्युटर ट्याली तालिम

ओखलढुङ्गान्युज, बैशाख २९ ओखलढुङ्गा । ओखलढुङ्गामा युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको ४५ दिने (१ सय ६० घण्टाको) कम्प्युटर ट्याली सम्बन्धि तालिम सम्पन्न भएको छ । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत युवा लक्षित कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाइृ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विनोद केसीले आफुले सिकेका सिपहरुलाई व्यबहार लागू गर्न सहभागी प्रशिक्षार्थीहरलाई आग्रह गर्नुभयो । सीप भएका मानिस कहिल्यै पनि भोको बस्नु नपर्ने भन्दै प्रमुख अतिथि केसीले सित्तैमा पाएको कुराको त्यती महत्व नहुने गरेको भएपनि आफ्नो सिप र दक्षतालाई भने ब्यबहारमा देखाउन आग्रह गर्नुभयो ।

तालिममा जिल्लाका विभिन्न गाउँपालिकाका २२ जना युवा तथा युवतीहरुले सहभागिता जनाएका थिए । तालिमका लागि प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको तर्फवाट रु १ लाख बजेट उपलब्ध भएको व्यबसायीक तथा शिप विकास तालिम केन्द्र ओखलढुङ्गाका केन्द्र प्रमुख भविन्द्र खत्रीले जानकारी दिनुभयो ।

ब्यासिक कम्प्युटरको कोर्ष गरेका तथा व्यबस्थापन संकाय विषय लिएर उच्च शिक्षा अध्ययन गरेका युवा युवतीहरुलाई तालिममा प्राथमिकता दिएर सहभागी गराईएको थियो । तालिम सञ्चालनका बारेमा सायदै पहिलो पटक बजेट सार्वजनिक गरिएको थियो । सामाजिक विकास मन्त्रालय मार्फत उपलब्ध गराईएको एक लाख मध्ये १३ प्रतिशत कर र १ दशमलब ५ प्रतिशत कन्स्टीजेन्सी कटाएर बाकी रहेको रकम तालिमको आयोजकलाई उपलब्ध गराईने ब्यावसायीक तथा सिप विकास तालिम केन्द्रका केन्द्र प्रमुख खत्रीले जानकारी दिनुभयो ।

व्यबसायीक तथा सिप विकास तालिम केन्द्र ओखलढुङ्गाको वित्तिय सहयोगमा समय टेक्निकल ईन्स्टीच्युटको आयोजनामा तालिम सम्पन्न भएको हो । ४५ दिन तालिम मात्रै पूर्ण तालिम नभएकोले यसै विषयलाई निरन्तरता दिदै आगामी दिनहरुमा पनि थप कार्यक्रम सञ्चालन गरिने केन्द्र प्रमुख खत्रीले जानकारी दिनुभयो ।