नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुंगामा आजवाट प्रथम राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव सुरु

विवेश श्रेष्ठ, चैत ३० ओखलढुंगा । ओखलढुंगामा आजवाट प्रथम राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले महोत्सव धर्म निर्वाह गर्ने मात्रै नभई लक्ष्य प्राप्ती गर्न सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रमुख अतिथि पोख्रेलले ओखलढुङ्गामा प्रथम राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सव उद्घाटन गर्दै भन्नुभयो, “यो महोत्सव चलनचल्तीको मात्रै काम गर्दै धर्म निर्वाह गर्ने काम मात्रै नहोस् । महोत्सव पश्चात जिल्लामा कुनै उद्योग व्यबसाय सञ्चालनका लागि उद्योग वाणिज्य संघले ठोस योजना ल्याओस । नेपाल सरकारको तर्फवाट त्यसमा मेरो पूर्ण समर्थन रहनेछ । योजनालाई पूर्णता दिन ओखलढुंगालाई मेरो सधै साथ रहनेछ ।”

ओखलढुंगा सगै सोलुखुम्बु र खोटाङको समेत समेत विकासका लागि आफ्नै पालामा स्वर्ण सगरमाथा चक्रपथको अवधारणा ल्याएर बजेटका लागि पहल गरेको भएपनि त्यसमा निगरानी र खबरदारी नहुदा त्यस योजनाले पूर्णता पाउन नसकेको पनि मन्त्रि पोख्रेलले बताउनुभयो । यदी फेरी पनि यहाँका निर्वाचित जनप्रतिनिधीहरुले निगरानी, खबरदारी र गोठालो नलाग्ने हो भने ओखलढुंगा र खोटाङको सिमानामा एडिविको सहयोगमा बन्न लागेको विद्युत परियोजना फेरी अलपत्र पर्न सक्ने खतरा रहेको समेत उहाँले बताउनुभयो ।

नेपालमा रहेका ८ हजार मिटर माथिको उचाई भएका ६ ओटा हिमालहरु ओखलढुंगाको पत्ताले डाँडावाट नै प्रत्यक्ष अबलोकन गर्न सकिने भन्दै मन्त्रि पोख्रेलले सोलुखुम्बु जिल्लाको सिमानामा रहेको ओखलढुंगाको पत्ताले डाँडामा पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । यस डाँडाको विकासले ओखलढुंगाले मात्रै फाईदा लिने नभई त्यसको प्रत्यक्ष असर सोलुखुम्बु र खोटाङमा समेत पर्ने भएकोले त्यसको तत्काल विकास निर्माणका लागि आवश्यक विस्तृत योजना तयार गरि पेश गर्न र त्यसका लागि आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

अर्को एक प्रसंगमा मन्त्री पोख्रेलले प्रतिपक्षी पार्टीहरुले भने जस्तो बर्तमान नेकपाका सरकारले केही पनि काम नगरि नवसेको बताउनुभयो । गणतन्त्रको स्थापना पश्चात नेकपाको बहुमतको सरकार सरकार परिवर्तन मात्रै नभई राज्य सत्ताको प्रणाली नै परिवर्तन भएकोले सरकारले गरेको कामलाई देखिन केही समय लाग्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व श्रममन्त्री रमेश लेखकले योजना निर्माण र समन्वयमा काम गरेमात्रै लक्ष्य प्राप्ति हुने भन्दै त्यसै अनुरुप सबैजना लागि परे ओखलढुंगाले विकासमा फड्को मार्ने बताउनुभयो । लक्ष्य निर्माण गरेर अगाडी वढ्दै ओखलढुंगाको समग्र विकासका लागि लागिपर्न नयाँवर्षसगै सबै ओखलढुंगेलीलाई प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारले जिल्लाको विकासका र पर्यटन प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएकोले यो महोत्सव पूर्ण रुपमा सफल हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । यस अगाडी पनि ओखलढुंगाका विभिन्न स्थानहरुमा महोत्सवको आयोजना गरिएको र त्यसवाट जिल्लामा आन्तरिक पर्यटक तथा वाह्य पर्यटकहरुको आगमन हुन लागेको तथा जिल्लाका अझै धेरै ठाउँहरु देश तथा विदेशका पर्यटकहरुका माझसम्म चिनाउन वाकी रहेकोमा यो महोत्सवले त्यसतर्फपनि टेवा पुर्याउने बताउनुभयो ।

प्रदेश नं. १ का अर्थ व्यबस्था समितिका संयोजक एवम् ओखलढुंगाका प्रदेश सभा सांसद मोहन कुमार खड्काले ओखलढुंगाको विकासको लागि आफु सदैव लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य विकास निर्माणका गतिबिधि सगै जिल्लाको आर्थिक, सामाजिक र पर्यटकीय विकासका लागि ठाँउ र आवश्यकताको पहिचान गरि भौतिक पूर्वाधारको विकास गर्न प्रदेश सरकार सदैब लागि पर्ने बताउनुभयो । तर विकास निर्माणका लागि वजेट आयो भनेर मात्रै ढुक्क नभई आएको बजेट सम्बन्धित ठाँउमा खर्च भयो वा भएन भनेर सबै नागरिक सचेत हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

त्यस्तै ओखलढुंगाका प्रदेश सांसद अम्बिरबाबु गुरुङले ओखलढुंगामा आजवाट सुरु भएको महोत्सव ऐतिहासिक भनिएपनि समन्वयको भने अभाव खड्किएको देखिएको बताउनुभयो । सांसद गुरुङले भन्नुभयो, “महोत्सव आयोजना गर्नु अत्यन्तै राम्रो पक्ष हो । तर व्यबस्थापकिय पक्षलाई केलाउदा केही व्यक्तिहरुको लहड जस्तो मात्रै देखिन्छ । महोत्सव आयोजना गर्नु अलिक छिटो भयो कि भन्ने भान हुन्छ । प्रदेश सरकार र संघिय सरकारसग त्यती समन्वय गरेको पाईएन । यस महोत्सववाट पाठ सिक्दै आगामी दिनहरुमा यस्तो कमजोरी नहोस् ।”

उद्घाटनलाई पुर्व सभाषदहरु बालकृष्ण ढुंगेल, रामहरि खतिवडा, सकुन्तला राजभण्डारी, हर्कवोल राई, नेपादी सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सुनुवार, शेर्पा, तामाङ जातजातिका विभिन्न झाकी, पञ्चेवाजा, लोपोन्मुख गीत तथा नृत्यहरुको प्रस्तुत समेत गरेका थिए ।

महोत्सब २०७६ बैशाख १० गते सम्म सञ्चालन हुनेछ । महोत्सव अबधिभर फरक फरक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

महोत्सवको झलक तस्विरमा :