नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

साफ महिला च्याम्पियनसिप  फाइनलमा नेपाल र भारत भिड्ने

ओखलढुङ्गान्युज, चैत ७ विराटनगर । बुधवार भएको आफ्नो सेमिफाईनल खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अंकले पाखा लगाएको छ । यो जित सँगै अब पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।बुधबार भएका सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले शुक्रबार हुने उपाधि भिडन्त पक्का पारेका हुन् ।

बुधवार सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ४–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरेका थिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा गत संस्करणका उपाधि विजेता भारत र उप–विजेता बंगलादेश बिचमा प्रतिष्पर्धा भएको थियो । जसमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेश माथि ४–० को फाराकिलो अन्तरले पराजित गरेको थियो । यो जित सगै भारत पनि फाईनलमा पुगेर नेपालसग आफे प्रतिष्पर्धा पक्का गरेको हो ।

बंगलादेश विरुद्ध खेलको सुरुदेखि आक्रामक फुटबल खेलेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो । १७ औं मिनेटमा भारतले पाएको कर्नर किकलाई रुप्ना चक्माले गोलमा परिणत गर्दै भारतलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । २२ औं मिनेटमा इन्दुमति काथरासेनले सहज गोल गर्दै गोलसंख्या दोब्बर बनाइन् ।

त्यस्तै ३७ औं मिनेटमा सन्ध्या रन्जनाथनको क्रसमा इन्दुमतिले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भइन् । भारतले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि भारतले आक्रमक मुभ बनाए पनि गोल भने गर्न धौधौ परेको थियो ।

खेलको अन्तिम इन्जुरी टाइममा भारतका लागि सब्स्टिच्यूट खेलाडी अञ्जु तामाङले चौथो गोल गरेकी थिइन् । भारतले अहिलेसम्म लगातार चार संस्करणको उपाधि जितिसकेको छ भने नेपाल तीन पटक फाइनलमा पराजित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो । शुक्रबार हुने फाईनलवाट नेपाल साफ महिला फुटवल च्याम्पियनसिपमा ईतिहास रच्ने दाउमा छ ।