नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

साफ महिला च्याम्पियनसिप फुटबल ः   उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

ओखलढुङ्गान्युज, फागुन २८, विराटनगर । दक्षिण एशियाली गेम साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आज अर्थात मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ ।

प्रतियोगितामा नेपालसहित सार्कराष्ट्र भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी हुँदैछन् । अहिले  ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर पुगी सकेका छन् । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।  तर पहिलो उद्घाटन खेल भने ३ बजे पछि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ । साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।

यसैबिच अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न आउने दर्शकका लागि टिकटदर तोकेको छ । टिकट दरमा  भिआईपीतर्फ ३०० रुपैयाँ र  साधारण प्याराफिटतर्फको टिकट दर २०० रुपैयाँ तोकेको छ । टिकट रंगशाला परिसरमै पाउने छ भने दर्शकको लागि इ–सेवाबाट पनि उपलब्ध हुने एन्फाले जानकारी दिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १ करोड ६५ लाख नगद लाग्ने एन्फाले जनाएको छ । यस प्रतियोगिता सम्पन्न गर्नका लागि विराटनगर महानरपालिकाले एन्फालाई एक करोड सहयोग गरेको छ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । नेपाल रहेको समूहमा भुटान र बंगलादेश रहेको छ । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले १६ तारिखमा खेल्नेछ । नेपाल साफ च्याम्पियन बन्ने लक्ष्यमा छ ।