नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

संबिधान दिवसको अवसरमा विरामीलाई फलफुल

ओखलढुङ्गान्युज, असोज ४ ओखलढुङ्गा । उद्योग वाणिज्य संघ ओखलढुङ्गाले विहिवार ओखलढुङ्गामा विरामीहरुलाई फलफुल वितरण गरेको छ । जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पाताल सोब्रु ओखलढुङ्गामा उपचारका क्रममा रहेको करीब १ सय ३० जना विरामीहरुलाई विहिवार फलफुल वितरण गरेको हो ।

नेपालमा नयाँ संबिधान जारी भएको चौथो वर्ष लागेको अवसरमा विरामीहरुलाई उद्योग वाणिज्य संघ ओखलढुङ्गाको तर्फवाट फलफुल वितरण गरिएको उद्योग वाणिज्य संघ ओखलढुङ्गाका सचिव नवराज दाहालले जानकारी दिनुभयो । सरकारी विशेष दिन पारेर उद्योग वाणिज्य संघ ओखलढुङ्गाले वेलावेलामा अस्पताल ,विद्यालय, कारागारहरुमा विभिन्न सामाग्रीहरु वितरण गर्दै आएको छ ।

विहिवार पनि त्यसैलाई निरन्तरता दिदै संविधान दिवसको अवसर पारेर फलफुल वितरण गरेको हो । कार्यक्रम अन्तर्गत सामुदायीक अस्पताल सोब्रुमा रहेका सबै खालका विरामीहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, उद्योग वाणिज्य संघका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठ, सचिब नवराज दाहाल तथा उद्योग वाणिज्य संघ ओखलढुङ्गाका अन्य प्रतिनिधीहरु समेतले विरामीहरुलाई फलफुल वितरण गरेका थिए ।

फलफुल वितरणको क्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख श्रेष्ठले अस्पतालमा रहेका विरामीहरुलाई अस्पतालले प्रदान गर्दै आएको सेवा सुबिधा तथा विरामीकों स्वास्थ्य अवस्थाको बारेमा चासो समेत व्यक्त गर्नुभएको थियो । साथै नगरप्रमुख श्रेष्ठ, प्रजिअ न्यौपानेले विरामीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । असोज २ देखी ४ गते सम्म विविध कार्यक्रमका साथ संबिधान दिवस मनाउने सरकारको निर्णय अनुसार फलफुल वितरण गरिएको हो ।