नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

जुवाका खालमा सरकारी कर्मचारी, एक शिक्षक र ६ जना निजामति कर्मचारी पक्राउ

ओखलढुङ्गान्युज बशाख २८ ओखलढुङ्गा ।
जिल्ला स्थित सरकारी कार्यालय प्राय संघिय संरचनाको निर्माण सगै गाउँमा गए । जिल्लामा रहेका कार्यालयमा खासै सेवाग्राही आउदैनन । विद्यालय वैशाख ५ गते वाट नै सञ्चालन भएको छ । तर खासै पढाई नियमित भएको छैन । कार्यालयको काम छोडेर अब कसरी फुर्सदी दिन कटाउने ? त्यसका लागि कर्मचारीलाई सजिलो उपाय तास, जुवा खेल्ने ।

सरकारी काम छाडेर दिनभरि तासमा ब्यस्त हुने ओखलढुङ्गाका सरकारी कर्मचारी प्रहरीको फन्दामा परेका छन् । विहिवार दिउसो १२ बजेदेखी तास खेलेको सुचनाका आधारमा प्रहरीले विभिन्न कार्यालयका कर्मचारी र शिक्षकलाई पक्राउ गरेको हो ।

कार्यालयको काम छोडेर सिद्धिचरण नगरपालिका ११ स्थित धर्म खत्रीको होटलमा तास खेलिरहेको अवस्थामा विभिन्न कार्यालयमा कार्यरत ६ जना सहयोगी स्तरका कर्मचारी र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । तासको खालबाट नगद ९ हजार रुपैंया र तास बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा धर्मबहादुर खत्री, बुद्धिराज दाहाल, रामबहादुर खड्का, ढाकुरप्रसाद दाहाल र धर्मप्रसाद दाहाल रहेका छन् । उनीहरु सबै निजामति सेवाका सहयोगी स्तरका कर्मचारी हुन् । त्यस्तै पक्राउ परेका रविन राजभण्डारी शिक्षक हुन्, भने चोप नारायण खत्री अवकाश प्राप्त सरकारी कर्मचारी हुन् । चार जना तास खेलिरहेका र अन्य हेरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरुलाई आगामी दिनमा जुवा तास नखेल्ने शर्तमा कागज गराएर छोडिएको छ । नसिहत दिने गरि उनीहरुलाई छोडिएको र फेरि तास खेलेको पाइएमा कागजका आधारमा मुद्दा चलाइने प्रजिअ पन्तले बताउनुभयो ।