नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा किरीपुत्री बसेका दिदी–भाइले दिए एसइइ परीक्षामा

विवेश श्रेष्ठ, चैत ८ ओखलढुङ्गा
देशैभर बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ । परीक्षाको पहिलो दिन ओखलढुङ्गा जिल्लामा १ सय ३ जना विद्यार्थी अनुपस्थित भएका छन् । ३४२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा ५४ जना छात्र र ४९ जना छात्रा गरी १ सय ३ जना प्ररिक्षार्थीहरु अनुपस्थित भएका जिल्ला शिक्षा अधिकारी ओम बहादुर कटवालले जानकारी दिनुभयो ।ओखलढुङ्गा जिल्लाभरी २ हजार ९ सय ९२ जना प्रशिक्षार्थीका लागि १७ वटा केन्द्र तोकिएको छ । जसमा १ हजार ३ सय ५४ छात्र र १ हजार ५ सय ३४ जना छात्राहरु छन् ।

त्यस्तै आजै भएको एसइइ परीक्षामा ओखलढुङ्गाको ज्ञानप्रकाश मावि घोराखारी केन्द्रवाट बाबुको किरिया बारेर बसेका दुईजना दिदी–भाइ पनि परीक्षामा सहभागी भएका छन् । कल्पेश्वर मावि विलन्दुका छात्रा कृतिका धमला र उनकै भाइ सौरभ धमला परीक्षामा सहभागी भएका छन् । परीक्षा केन्द्र भन्दा १ घण्टा टाढाको दुरीवाट हिडेरै विद्यालयमा पुगी उनीहरु परीक्षामा सहभागी भएका हुन् । गत आईतवार उनीहरुका बुबाको मृत्यु भएको थियो । उनीहरुका लागि परीक्षा दिन सहज होस भनेर छुट्टै कक्षाकोठाको व्यबस्था पनि गरिएको जिल्ला शिक्षा अधिकारी कटुवालले जानकारी दिनुभयो ।

ओखलढुङ्गामा एसइइको एक्जाम्टेड परीक्षाका लागि ८७ जना विद्यार्थीहरुले फारम भरेका थिए । उनीहरु मध्ये ४ जना अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । एक्जाम्टेड परीक्षाका लागि भने ओखलढुङ्गा भर जिल्ला सदरमुकामको सगरमाथा जनता माविमा एउटै केन्द्रको मात्र व्यबस्था गरिएको थियो ।