नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

दुःखद खबर ः ओखलढुङ्गामा बोलेरो दुर्घटना, चालकको मृत्यु

विएन श्रेष्ठ, फागुन ३०, ओखलढुङ्गा

आज विहान ओखलढुङ्गामा भएको सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि सवारी चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।

उदयपुरको कटारीवाट ब्रोइलर कुखुरा बोकेर ओखलढुङ्गा आउदै गरेको बोलेरो जिप रमाईलोडाँडा नजिकै दुर्घटनामा परेको हो । आर्मीक्याम्प मुनी मुख्य सडकवाट बोलेरो डिलमुनी खसेको थियो ।

नेपाली सेना तत्काल घटना स्थलमा पुगी अर्का एकजनाको उद्धार गरेको छ । घाईतेलाई उपचारका लागि अहिले सामुदायीक अस्पताल सोब्रु पठाईएको छ । थप विवरण भने आउन बाकी ।