नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

३ सय पीडित परिवारलाई क्रान्तिकारीको न्यानो कपडा

ओखलढुङ्गान्युज, माघ ३ राजविराज ।

सितलहरवाट पिडित तराईका ३ सय परिवारलाई अखिल क्रान्तिकारीले न्यानो कपडा वितरण गरेको छ । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले कठ्यांग्रिदो जाडो र सितलहरबाट बँच्नका लागि सप्तरी जिल्लाका सितलहर पिडित परिवारलाई राहत वितरण गरेको हो ।

सप्तरी राजविराज नगरपालिकाको वडा नं १३ को विसहरिया टोल र तिरहुत गाँउपालिकाको लोहजारा टोलका १५०/१५० पीडित परिवारलाई राहत स्वरुप न्यानो कपडा वितरण गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्षहरु त्रय बस्नेत, विजय गौतम, इन्द्र भुषालसहित माओवादीका जिल्ला संयोजक अशोककुमार मण्डल ‘अमर’ सहभागी थिए । राहत वितरण कार्यक्रममा प्रत्येक परिवारलाई एक–एक वटा कम्वल र ज्याकेट वितरण गरिएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष तामाङले शितलहरबाट आक्रान्त बनेका पीडित परिवारसँग दुःख साट्न र सरकारलाई घचघच्याउन आएको बताए । उनले काठमाडौं फर्किएपछि तराई–मधेससँगै देशभरका जनताले पाएको दुःखको पोको बोकेर सरकारलाई सचेत गराउन सिंहदरबार जाने बताए ।

काठमाडौंका विभिन्न सहयोगीहरुबाट संकलित सामाग्री पीडित जनतालाई वितरण गरेको न्यानो संकलन तथा वितरण समितिका संयोजक एवं क्रान्तिकारीका उपाध्यक्ष भुषालले जानकारी दिए ।