नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आन्द्रा सर्ने रोग (हर्निया)को कारण, लक्षण र घरेलु उपचार

ओखलढुङ्गान्युज डटकम, भाद्र ३ ।
पेटको मांसपेशी अथवा पेटको भित्ता कमजोर भएपछि जब आन्द्रा बाहिर निस्किन थाल्छ, त्यसलाई हर्निया भनिन्छ । यसो हुँदा पेटमा एउटा उभार देखिन्छ । लामो समयसम्म खोक्दा वा लगातार भारी सामान उठाउँदा पनि पेटको मांसपेशी कमजोर हुन्छ । यस्तो स्थितिमा हर्नियाको सम्भावना बढी हुन्छ ।

यसको कुनै खास लक्षण त हुँदैन तर केही व्यक्तिले सुन्निएको र पीडाको अनुभव गर्छन्, उनीहरू उभिंदा मांसपेशीमा दवाव हुन्छ वा केही ग¥हुँगो सामान उठाउँदा बढ्न सक्छ । हर्नियाको समस्या जन्मजात पनि हुन सक्छ । यसलाई काँनजेनाइटल हर्निया भनिन्छ । हर्निया कसैलाई पनि हुन सक्छ ।

यसमा पेटको छालाको तल एक असामान्य उभार आउँछ, जुन नाइटोको तल हुन्छ । आन्द्राको एक हिस्सा पेटको मांसपेशीको एक कमजोर हिस्साबाट बाहिर आउँछ । साधारणतया सर्वसाधारणहरूले यही सोच्छन् कि हर्नियाको एकमात्र उपचार शल्यक्रिया हो, त्यस कारण चिकित्सककहाँ जान डराउँछन् । तर हर्निया बिनाशल्यक्रियाले पनि ठीकहुन सक्छ ।

रोगको लक्षण जब कुनै व्यक्तिको आन्द्रा आफ्नो स्थानबाट उत्रिन्छ, तब त्यस व्यक्तिको अण्डकोषको सन्धिमा गाँठो जस्तो सुन्निन थाल्छ । आन्द्रा उत्रिने रोग अण्डकोषको दायाँतर्फ र तिघ्राको जोडमा अथवा दुवैतर्फ हुन सक्छ । जब यो रोग व्यक्तिको अण्डकोषको दुवैतर्फ हुन्छ, तब त्यस रोगलाई हर्नियाको रोग भनिन्छ । त्यसो त यस रोगको पहिचान अण्डकोष फुल्ने, काछमा भारीपन महसुस हुने, काछको स्थान फुल्ने आदि हुन्छ । जब कुनै व्यक्तिको आन्द्रा उत्रिन्छ, तब रोगीलाई काछको वरपर दुख्ने, बेचैनी महसुस हुने र पीडा धेरै बढेपछि रोगीको मृत्यु पनि हुन सक्छ ।

कारण कठिन व्यायाम गरेपछि पनि हर्निया रोग लाग्छ, पेटमा कब्ज भएपछि मलको दबाब परेपछि आन्द्रा उत्रिन थाल्छ । भोजनसम्बन्धी गडबडी तथा रक्सी पिउने कारणले पनि आन्द्रा आफ्नो स्थानबाट निस्किन्छ । मलमूत्रको वेग रोक्दा, खोकी, हाछ्युँ, जोडले हास्दा, उफ्रिदा तथा मल त्यागमा जोड लगाउँदा पनि आन्द्रा आफ्नो स्थानबाट ओर्लिन्छ । धेरै पैदल हिंड्दा, भारी बोझ उठाउँदा र शरीरलाई बढी बाङ्गोटिङ्गो गर्दा पनि आन्द्रा आफ्नो स्थानबाट सर्छ ।

प्राकृतिक उपचार मनतातो पानी पिएर ५ मिनेटसम्म कागको चाल (योगक्रिया) चलेर पुनः पाँचपटक गर्ने, दशपटक सूर्य नमस्कारको साथै २० देखि ५ सयपटक कपालभाती गरेपछि सुन्निएको आन्द्रा माथि आफ्नो स्थानमा पुग्छ । र, यसबाट भविष्यमा हर्निया वा पाइल्स हुने सम्भावना रहँदैन ।

कफीले पनि यस रोगमा फाइदा पु¥याउँछ। अरन्डीको तेल दूधमा मिसाएर पिउनाले हर्निया ठिक हुन्छ । यसलाई एक महिना सम्म गर्नुपर्छ । हर्नियाको मूल कारण पुरानो कब्जियत हो । कब्जियतको कारण ठूलो आन्द्रँ मलभारले आफ्नो स्थानबाट सरेर तल झुन्डिन थाल्छ । मलले भरिएको तल झुन्डिएको आन्द्रा गाँठो जस्तो लाग्छ । यसैलाई हर्निया भनिन्छ ।

साभारः