नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ज्यामिरेमा साझाबोलीको रेडयो श्रोता क्लब

 

असार २७, ओखलढुङ्गा ।
पारस्पारिक जवाफदेहिता अभिवृद्धि गराउन र सञ्चार क्षेत्रमा चेतना बढाउन सोच नेपालले ओखलढुङ्गाको सिद्धिचरण नपा ९ मा शोमवार रेडियो श्रोता क्लब गठन गरेको छ । सोच नेपालले ईक्वेल एक्सेस द्वारा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत रेडियो कार्यक्रम साझाबोलीका लागि श्रोता क्लब गठन गरेको हो ।

नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेमा टोकल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यिय क्लब गठन गरेको हो । सोच नेपालका ओखलढुङ्गा जिल्ला संयोजक शिव प्रसाद ढुङ्गाना र ईक्वेल एक्सेसका ओखलढुङ्गा सामुदायीक सञ्चारकर्मी बोध नारायण श्रेष्ठको उपस्थितीमा क्लब गठन गरेको हो ।

सेवा प्रदायक संघ संस्था, नागरिक समाज, सञ्चार क्षेत्र र स्थानीय नागरिक बिच पारस्पारिक जवाफदेहिताको लागि अभियान सुरु गरिएको सोच नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक शिब ढुङ्गानाले जानकारी दिनुभयो । रेडियो श्रोता क्लब गठनका क्रममा नै स्थानीयहरुले कार्यक्रमको बारेमा उत्साही बनेका थिए ।

सहभागी उत्साही भएपछि ईक्वेल एक्सेसका ओखलढुङ्गा सामुदायीक सञ्चारकर्मी बोध नारायण श्रेष्ठले साझाबोली कार्यक्रमको १६औं केन्द्रिय सस्करणको अडियो रेकर्ड सुनाएर छलफल गराउनुभएको ज्यामिरेवाट सरस्वती बानियाले जानकारी दिनुभयो ।

साझाबोली रेडियो कार्यक्रम देशका ३४ जिल्लाका ४० ओटा स्वतन्त्र एफ एम रेडियोवाट प्रसारण हुने गर्दछ । त्यस्तै रेडियो नेपालवाट प्रत्येक महिनाको अन्तिम शनिवार विहान सवा ८ बजे देखी प्रसारण हुने गर्दछ । यो कार्यक्रम ओअलढुङ्गाको रमाईलो सामुदायीक रेडियोवाट प्रत्येक हप्ताको आईतवार बेलुकी ७ बजे देखी ७ ः ३० बजे सम्म प्रसारण हुने गर्दछ ।