नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

दोस्रो अभ्यास खेलमा पनि नेपाली युवा टोलीको शानदार जित

काठमाडौं, असार । भारत भ्रमणमा रहेको नेपाली यू १९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि शानदार जित हात पारेको छ । नेपालले दिल्लीको गुरुग्राम स्पोटर्स क्लबलाई २४९ रनको जित हात पारेको हो ।

ग्रेटर नोयडामा टस जितेर ब्याटिङ थालेको नेपाली टोलीले ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन बनायो । नेपालका आदिल खानले ७५ रन बनाए भने सन्दिप सुनारले ५८, दिपेन्द्रसिंह ऐरीले ४८ र पवन शर्राफले ४७ रन बनाए ।

जवाफमा मैदान उत्रिएको गुरुग्रामले २९।१ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पवन शर्राफले ४ विकेट लिए भने रोहितकुमार पौडेल र विक्रमकुमार भुसालले २/२ विकेट लिए ।