नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एमालेको मत बढाउने दुई गणक निष्कासित

धरान, असार २० ।
धरानमा दुईजना मतगणकहरुलाई निष्कासन गरिएको छ । मतगणना स्थलबाटै एमालेका उम्मेदवारको मत बढाएको प्रमाणित भएपछि उनीहरुलाई मतगणनास्थलबाट शाेमवार निष्कासन गरिएको हो ।

धरानमा मत गणना चलिरहेको बेलामा मत गणना स्थलमा रहेर मत गणना गरिहेका उनिहरुलाई गणनास्थलवाट निष्कासन गरिएको हो । उनीहरुले योजनाबद्ध रुपमा एमालेको ५० मत बढाएको पाइएपछि मतगणनास्थलवाट उनीहरुलाई निष्कासन गरिएको हो । मत गणनास्थलको समूह ग र समूह ङ मा रहेका क्रमसः मानबहादुर कार्की, धनबहादुर राईलाई मतगणना कार्यबाट निष्कासन गरिएको हो ।

वडा नम्बर ११ को मतगणना चलिरहँदा दुई गणकले नियोजित रुपमा एमालेको मत बढाएको पाइएको बताइएको छ । निर्वाचन अधिकृत र राजनितीक दलका प्रतिनिधिको सहमतिपछि उनीहरुलाई निष्कासन गरिएको हो ।

दुई गणकलाई निस्कासन गरिएपछि मतगणना सुचारु भएको छ । पछिल्लो अपडेट अनुसार धरानमा नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।