नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चिशंखुगढी गाउपालिकामा माओवादी केन्द्र बिजयी

एमाले३ मतले पराजित

रामहरि श्रेष्ठ १७ असार ओखलढुंगा
ओखलढुंगाको चिशंखुगढी गाउपालिकामा माओवादी केन्द्रका उम्मेद्वार निशान्त शर्मा बिजयी भएका छन् । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार भिमबहादुर थापालाई जम्मा ३ मतले पछिपार्दै शर्मा गाउपालिका प्रमुखमा बिजयी भएका हुन् ।

शर्माले १९ सय ६ मत र थापाले १९ सय ३ मत ल्याएका थिए । त्यस्तै उपप्रमुखमा भने एमालेका सुष्मा राई बिजयी भएका छन् । उनले काग्रेसका उम्मेद्वार खिला आलेमगरलाई १०४ मतले पछि उपप्रमुखमा बिजयी भएका हुन् । राईले २ हजार ७३ मत ल्याएका थिए भने आलेले १९ सय ६९ मत ल्याएका थिए ।

नेपाली काग्रेसबाट भने गाउपालिका प्रमुखमा उम्मेद्वार टेकराज भट्टराईले १८ सय ४ मतमा चित्त बुझाएका छन् । आठ वडा रहेको यस गाउपालिकामा ३ माओवादी,तिन एमाले र २ वडा काग्रेसले जितेको छ ।