नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

इंगल्याण्डलाई हराउदै महिला विश्वकपको उपाधी स्पेनलाई

ओखलढुङ्गान्युज, भदौ आईतबार सम्पन्न भएको महिला विश्वकप फुटवल प्रतियोगिताको उपाधी पहिलो पटक स्पेनले जितेको छ । फाईनल प्रतिष्पर्धामा इंग्ल्याण्डलाई १–० गोलले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।

यो हारसँगै इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ । जितसँगै स्पेन भने महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १–१ पटक विश्वकप जितेका छन् ।

फाईनल प्रतिष्पर्धामा पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इंल्यान्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् । स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् ।

जित पश्चात स्पेन महिला र पुरुष दुवै विश्वकप फुटबल जित्ने दोश्रो टोली पनि बनेको छ । यसअघि जर्मनीको दुवै टिमले पनि विश्वकप जितिसकेका छन् ।