नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सातौ प्रधानमन्त्री कप एनभीए भलिबलको उपाधी हेल्प नेपाल र एनपीसीलाई

ओखलदढुङ्गान्युज, असार ३० शनिवार काठमाण्डौमा सम्पन्न सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधी हेल्प नेपालले जितेको छ । फाईनल खेलको ३–१ सेटमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै हेल्प नेपालले उपाधी कब्जा गरेको हो ।

शनिवार सम्पन्न भएको फाईनल खेलमा नेपाल पुलिसलाई २५–१९, ११–२५, २५–१८ र २५–१८ को सेटमा पराजित गरेको हो । पुलिसलाई पराजित गर्दौ हेल्प नेपालले नगद रु ६ लाख जितेको छ । उपविजेता हुदै नेपाल पुलिस क्लबले ३ लाखमा चित्त बुझाएको छ ।

त्यस्तै महिला तर्फको उपाधी भने नेपाल पुलिस क्लबले जितेको छ । आफ्नो पाँचै खेलमा अपराजित नेपाल पुलिस १५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । एपीएफ भने ५ खेलमध्ये ४ मा जित निकालेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । फाईनल खेल खेल्नुअघि यी दुई टोलीबीचको खेलमा नेपाल पुलिस क्लबले लिगमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

महिला तर्फको फाईनल खेलमा नेपाल पुलिसले शशस्त्रलाई पराजित गर्दै उपाधी कब्जा गरेको हो । विजेता हुदै नेपाल पुलिसले ६ लाख पाएको छ भने उपविजेता हुदै शशस्त्रले ३ लाखमा चित्त बुझाएको छ ।

दुवैतर्फका विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।