नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

एसीसी इमर्जिङ टिम्स कपः पाकिस्तान ए सँग हा¥यो नेपाल

ओखलढुङ्गान्युज, असार २९ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपको आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग नेपाल ४ विकेटले पराजित भएको छ । आज शुक्रबार दिउसो भएको खेलमा नेपाल पराजित भएको हो ।

कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि नेपालले दिएके १८० रनको लक्ष्य पाकिस्तानले  ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो । पाकिस्तानलाई जिताउन मोहमद तयुब तहिरले अर्धशतकीय पारी खेले । नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।

हसिबुल्लले २३ बलमा १ चौका सहित १२ रन बनाए । पहिलो बलमा नै सोमपाल कामीको बलमा स्लिपमा बसेका कुशल भुर्तेलले उनको क्याच लिन सकेका थिएनन् । पहिलो बलमा नै जीवन दान पाएका उनी ७.१ ओभरमा क्याच आउट भए । ललितले ३, पवनले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । सुरुवाती १० ओभरभित्रै महत्वपूर्ण ६ विकेट गुमाएको नेपालले १६ ओभरभित्र ८ विकेट गुमाइसकेको थियो । तर सोमपाल र प्रतिशले इनिङ्स सम्हालेपछि नेपालले ३७ ओभरसम्म ब्याटिङ गर्न सफल भयो ।

१५.४ ओभरमै नेपाल ७२.८ को नाजुक अवस्थामा पुगेको थियो । तर नेपालको इनिङ्स उकास्न सोमपाल र प्रतिश मिलेर नवौं विकेटका लागि ५८ रनको महत्वपूर्ण साझेदारी गरे । दशौं विकेटका लागि सोमपालले ललित राजवंशीसँग मिलेर ४९ रनको साझेदारी गरे । सोमपालले ३३औं ओभरको पहिलो बलमा हमद बटलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।