नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मुख्यमन्त्री कप फुटवल: संखुवासभा फाइनल प्रवेश

ओखलढुङ्गान्युज, असार ८ । ओखलढुङ्गामा जारी कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको शुक्रबार भएको दोश्रो खेलमा संखुवासभा विजयी हुदै फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा खोटाङलाई १-० गोलले पराजित गर्दै संखुवासभा फाइनल प्रवेश गरेको हो ।

संखुवासभाको जितका लागि पहिलो हाफको २६ औं मिनेटमा जर्सी नं. १० का मन्दिप राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो तथा दोश्रो हाफको खेलमा दुवै तर्फबाट उत्कृष्ट खेल प्रदर्शन सहित गोल गर्ने अबसर पाएपनि थप गोल हुन सकेन । सङखुवासभाको तर्फबाट भएको उत्कृष्ट प्रहारलाई खोटाङका गोलकिपरले विफल बनाइदिएका थिए । खोटाङका तर्फबाट भएको दुई उत्कृष्ट प्रहार गोलपोष्टको साइड बारमा लागेर फर्किएको थियो भने केही अबसर गोलपोष्ट भन्दा निकै टाढाबाट गएको थियो ।

प्रतियोगितामा गोल गर्ने संखुवासभाका राई म्यान अफ दी म्याच घोषित भए । विजयी भएसँगै संखुवासभा फाइनलमा प्रबेश गरेको छ भने खोटाङलाई सेमिफाइनल खेल बार बनेको छ । अब फाइनल खेल शनिबार विहान १०:३० बजे संखुवासभा भर्सेस इलामको बिचमा हुनेछ ।