नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

मुख्यमन्त्री कप फुटवल: इलाम फाइनल प्रवेश

ओखलढुङ्गान्युज, असार ८ । ओखलढुङ्गामा जारी कोशी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा इलाम विजयी हुदै फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा इलामले ओखलढुङ्गालाई हराउदै फाइनल प्रवेश गरेको हो ।

इलामको जितका लागि दोश्रो हाफको तेश्रो मिनेटमा नै अर्थात् ३८ औं मिनेटमा जर्सी नं. १२ का विशाल तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो तथा दोश्रो हाफको खेलमा दुवै तर्फबाट उत्कृष्ट खेल प्रदर्शन सहित गोल गर्ने अबसर पाएपनि थप गोल गर्न सकेनन् । दोश्रो हाफमा ओखलढुङ्गाको तर्फबाट एउटा उत्कृष्ट गोल भएपनि अफसाइडका कारण गोलले मान्यता पाएन र इलाम १-० ले विजयी भयो ।

विजयी भएसँगै इलाम फाइनलमा प्रबेश गरेको छ भने ओखलढुङ्गाले सेमिफाइनलवाट मुख्यमन्त्री कप फुटवल प्रतियोगिताबाट आफ्नो यात्रा ब्रेक गरेको छ । अब फाइनलमा संखुवासभा भर्सेस खोटाङका विच हुने दोस्रो सेमीफाइनलको विजेतासँग इलामले प्रतिष्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।