नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

म्यानमार ः सेनाको आक्रमणमा परि ५३ को मृत्यु

ओखलढुङ्गान्युज २९ चैत, विदेश म्यानमारमा भएको सैन्य ‘कू’ को विरोध गर्नेहरुको केन्द्र मानिएका शहर पाजिगीमा त्यहाँको सेनाले हवाई आक्रमण गरेको छ । हवाई आक्रमणमा परि त्यहाँ कम्तीमा पनि ५३ जनाको मृत्यु भएको र सैयौं घाईते भएको विविसीले जनाएको छ ।

‘कू’ को विरोधी संघर्षमा रहेका विद्रोही समूहहरुले एक प्रशासनिक कार्यालयको उद्घाटन समारोहका लागि उनीहरु भेला भैरहेको बेला त्यहाँ सेनाले आक्रमण गरेको जनाईएको छ । यस आक्रमणलाई प्रत्यक्षदर्शीहरूले म्यानमारमा सैन्य ‘कू’ भएयताकै घातक आक्रमण भनेका छन् । म्यानमारको सेनाले भने आक्रमणबारेमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा सैन्य ‘कू’ का नेता मिन आङ ह्विङले गत महिना आफ्नो शासनविरुद्ध लडिरहेका  ‘आतंकवादीहरू’ माथि निर्णायक कारबाही गर्ने चेतावनी दिएका थिए । म्यानमारमा आङ सान सूचीको पार्टीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले २०२१ फेब्रुअरी १ मा ‘कू’ गरेको थियो ।