नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाबाट २ हजार ६ सय ३१ विद्यार्थीले एसईई परीक्षा दिदै

ओखलढुङ्गाबाट २ हजार ६ सय बढी विद्यार्थीले एसईई परीक्षा दिदै

ओखलढुङ्गान्युज । १६ चैत, ओखलढुङ्गा । शैक्षिक सत्र २०७९ अन्तर्गत भोलिदेखी हुने माद्यमिक शिक्षा परीक्षा (एसईई) सम्पुर्ण तयारी पुरा भएको छ । परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रश्नपत्र, उत्तरपुस्तिका सहित केन्द्राध्यक्ष परीक्षा केन्द्रमा पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ ।

गत वर्षसम्म ओखलढुङ्गामा १६ वटा परीक्षा केन्द्र मार्फत एसईई परीक्षा सञ्चालन हुदै आएकोमा यसपटक भने एक परीक्षा केन्द्र थपिएको छ । यस वर्ष सुनकोशी गाउँपालिकाको चौतारा माद्यमिक विद्यालय डाँडाखर्कमा पनि परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए ।

यस वर्षको ओखलढुङ्गाको एसईई परीक्षामा प्राविधिक धारतर्फका परिक्षार्थीहरुको पनि साधारण तथा नियमित धारका विद्यार्थीलाई तोकिएकै केन्द्रमा परिक्षा हुने भएको इकाई प्रमुख गजुरेलले बताए । गत वर्ष जिल्लाभरका प्राविधिक धारतर्फका विद्यार्थीहरुको परीक्षा सगरमाथा जनता माध्यमिक विद्यालयमा भएको थियो ।

यस बर्ष ओखलढुङ्गाबाट २ हजार ६ सय ३१ जना विद्यार्थीले एसईई परीक्षा दिदै छन् । परीक्षामा साधारण तर्फ २ हजार ४ सय ६५ जना, प्राविधिक धार तर्फका १ सय ४१ जना र खुल्ला विद्यालयबाट २५ जना गरि जम्मा २ हजार ६ सय ३१ जना परीक्षार्थी सहभागि हुँदैछन् ।