नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गाको स्थानीय तहको करोडौं बजेट वर्षाको भेलसंँगै र खहरेमा परीणत

मनोज भट्टराई, साउन २७ ओखलढुङ्गा । ओखलढुंगाका स्थानीय सरकारले डोजर लगाएर खनेका दर्जनौ सकडहरु वर्षायामको भलले छिया, छिया पारिदिएको छ । जमिन नै कम्जोर हुने गरि निर्माण गरिएका जिल्लाका ८ स्थानीय सरकारले निर्माण गरेका सडकहरु वर्षाको भलसंगै भेल बनेका छन् । वतावरणिय प्रभाव मुल्याकंन बिना खनिएका ओखलढुंगाका ग्रामिण सडकहरुले दर्जनौ गाउँहरु समेत जोखिममा पारेका छन् । ओखलढुंगाका स्थानीय सरकाले गत वर्ष करोडौंको लगानी गरेर गाउँगाउँ सम्म सडक खने पनि वर्षालागे संगै सबै सडक पहिरोमा पेका छन् । गत वर्ष सडक खने पनि अहिलेको वर्षतका कारण सबै सडक अवरुद्ध भएको र यो वर्ष मर्मतका लागी समेत वजेट नहुँदा अव के गर्ने अन्यौल भएको चम्पादेवी गाउँपाल्का वडा नं. ७ का वडा अध्यक्ष सुरेशकुमार थापाले बताए ।

चम्पादेवी गाउँपालिका भित्र १ सय ३० किलोमिटर भन्दा बढी सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए । यो गाउँपालिकामा पनि यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माण काम भईरहेकोले अर्को वर्ष यातायातका साधनहरु चल्ने अध्यक्ष केसीको भनाई छ । चम्पादेवी गाउँपालीकाको केन्द्र भागबाट खनीएको रामेछाप–साँघुटार–ओखलढुंगा सडक खण्डमा समेत वर्षै देखी वर्षयाममा सवारी साधन चल्न सकेका छैनन् । जिलको दुर्गम मानिने खिजीदेम्वा गाउँपालिकाले निर्माण गरेका अन्तरिक सडकहरु वर्षाको भलले बगाउँदा अहिले यातायातका साधनहरु सञ्चालन हुँन सकेका छैनन् ।

गाउँपालिकाले कति सडक निर्माण गरेको छ भनि सोध्दा, सडक खनियो तर कति किलोमिटर खनियो थाहा छैन् भन्ने जवाफ गाउँपालीका प्रमुख बेदबहादुर रोकाले दिए । यस गाउँपालीकाले गाउँपालीकाको केन्द्रमा मात्रै सडक निर्माण नभई र अन्य सवै वडामा सडक सञ्जालले छोएको रोकाले बताए । सडक निर्माण गरिएको सवै ठाउँमा यातायात सेवा भने वन्द नै भएको छ ।

ओखलढुंगाका ग्रामिण सडकहरु वर्षाको भलले अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुँन सकेको छैन । लिखु गाउँपालीका उपाध्यक्ष शान्त ढुंगेलले आफ्नो गाउँपालिका भित्र निर्माण गरिएको सडकको बारेमा रोकाको जस्तै उत्तर आयो । उहाँले पनि किलो मीटरमा एकिन थाहा नभएको तर ग्रामीण सडकहरुमा यातयातका साधनहरु नचलेको बताईन । ढुंगेलका अनुसार लिखु गाउँपालीकामा मात्रै १ सय २० किलो मिटर बढी सडक खनीएको छ । यो गाउँपालिका भित्र आन्तरिक रुपमा सवै सडक अवरुद्ध भएर यातायातका साधनहरु चल्न सकेका छैनन । कुनै बेला पानी परेन भने वडा नं. १ बाट गाउँपालीका केन्द्र सम्मको सडकमा ट्रयाक्टर चले पनि अन्य सवारी साधन भने चल्न सकेका हुदैनन् ।

मोलुङ्ग गाउँपालीकाको ओखलढुंगा–रामपुर–प्राप्चा भन्दा अन्य स्थानमा सवारी साधनहरु कतैै पनि नजाने गाउँपालीका अध्यक्ष मणिराज राईले बताए । गाउँपालीकामा सबै वडाहरुमा सडक संन्जालले छोए पनि सवारी साधनहरु नचल्दा सर्वसाधरणलाई समस्या भएको राईको भनाई छ । त्यस्तै गरी जिल्ला सदरमुकाम देखी पुर्वी भुगोलमा पर्ने चिसंखुगढी गाउँपालिका तथा पश्चिमी भुगोलमा पर्ने सुनकोशी गाउँपालीकाले पनि लाखौं खर्चेर सडक निर्माण गरेपनि यी गाउँपालीका तथा सिद्धिचरण नगरपालीकाका अधिकाँश वडाहरुमा सडकको हबिगत उस्तै रहेको छ । मानेभन्ञ्याङ्ग गाउँपालीकाको पनि अधिकाँश स्थानहरुमा सडक ट्रयाक खोल्ने काम सम्पन्न भई सकेको छ ।

यो गाउँपालिका सिद्धिचरण राजमार्ग सडक खण्डको वीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । गाउँपालिका भित्रका केही आन्तरिक सडक अवरुद्ध भएपनि आफुसंग एउटा स्काभेटर ( डोजर ) भएका कारण कुनै स्थानमा अवरुद्ध भए पनि केही समय रोकीने र तुरुन्त मर्मत गरी सडकहरु संचालनमा ल्याईएको गाउँ पालीका अध्यक्ष मोतीराज राईले बताए । आफ्नो गाउँपालीकामा आँफुले सक्दो प्रयास गरेर सडक अवरुद्ध हुन नदिएको सडक मर्मत गदै यातायातका साधनहरु सञ्चालन गर्ने काम भई रहेको गाउँपालीका प्रमुख राईको भनाई छ । स्थानीय सरकारले गत आर्थीक वर्षमा कुन गाउँ पालीकाले कुन वडामा कति किलो मिटर सडक खनेको छ कुनै स्थानीय सरकार प्रमुखहरुलाई थाहा नभएको र यस बारेमा अध्ययन भई रहेको बताउँछन् । ओखलढुंगाका ८ स्थानीयतहका ७५ वटा वडामा कम्तीमा पनि हरेक वडाले १० किलो मीटरका दरले सडक निर्माण गरेका छन् ।

यसरी स्थानीय सरकारले करोडौं खर्चेर निर्माण गरेको ७ सय ५० किमी बढी सडक अहिले पुरै पहिरो र खहरेमा परिणत भएका छन् । सबै सडक वर्षा लागे संगै चल्न छाडेका छन् । मानेभञ्ज्याङ्ग गाउँपालीकाको केन्द्र हुदै सदरमुकाम ओखलढुंगा र सोलू पुग्ने सिद्धिचरण राजमार्गको घुर्मी ओखलढुंगा सडक खण्ड पनि ठेकेदार कम्पनीले सडक बिभागलाई हस्तान्तरण गरेको भएको एक वर्ष वित्न नपाउँदै जिर्ण बनि सकेको छ । यो सडकमा यातायातका साधनहरुमा जोखीम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । जिल्लामा स्थानीय सरकारले करोडौं लगानी गरेर सडक निर्माण गरे पनि पानी पर्न थाले संगै स्थानीयहरु मारमा परेका छन् ।

हिउँद याममा नै यातायातका साधनहरु सञ्चालन गर्न समस्या हुने गरेका ओखलढुंगाका लिखु, खिजीदेम्वा, चम्पादेबी गाउँपालीकामा वर्षाको झरी संगै यातायात सेवा समेत बन्द हँुदा यहाका स्थानीयहरु सदरमुकाम जान आउन ४ दिनको पैदल यात्रा गर्न बाध्य हुने गरेका छन् । यहाँका स्थानीयले सडकबाट यात्रा गर्दा पनि रामेछापको सदरमुकाम मन्थली , सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी हुदै जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यत रहेको छ ।