नेपाली समय Loading...२०८३ भाद्र ३१, बुधवार

ओखलढुङ्गा भलिबल सङ्घको अध्यक्षमा नारायणकाजी राई निर्वाचित 

‎ओखलढुङ्गान्युज ३१ भदौ ‌। जिल्ला भलिबल सङ्घ ओखलढुङ्गाको अध्यक्षमा नारायणकाजी राई सर्वसम्मत निर्वाचित भएका छन् । आज ओखलढुङ्गामा सम्पन्न भएको जिल्ला भलिबल सङ्घको अधिवेशनले राईको नेतृत्वमा ११ सदस्य जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । 

‎राईको नेतृत्वमा रहेको भलिबल सङ्घको जिल्ला उपाध्यक्षमा बिमल श्रेष्ठ र योगेन्द्र राई, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा शशि राई सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै संघका अन्य निर्वाचित सदस्यहरूमा अनुप राई, राजन तामाङ, दिलिप राई प्रणिक मगर किरण श्रेष्ठ र सावित्रा राई रहेका छन् । 

‎जिल्ला भलिबल सङ्घका अध्यक्ष रूपलाल तामाङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष अनितबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सङ्घको चौथो जिल्ला अधिवेशनमा नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष मदन खड्का केन्द्रीय सदस्य प्रविन श्रेष्ठ लगायत अतिथिहरू सहभागी भएका थिए । कार्यक्रममा उपस्थित भएका अतिथिहरूले सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना समेत प्रदान गरेका थिए ।

निर्वाचित अध्यक्ष राई जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका पुर्व अध्यक्ष समेत हुन् ।