नेपाली समय Loading...२०८३ भाद्र २७, शनिवार

रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गान्युज, २७ भदौ । शुक्रबार साँझ रामेछापको मन्थली– १ बिटारबारी भन्ने स्थानमा जिप दुर्घटनामा परेको छ । जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । जिप दुर्घटनामा परि मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सञ्जित लामा रहेका छन् भने जिपका चालक भीमेश्वर नगरपालिका–३ कै प्रदिप लामा गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई तत्काल उद्धार गरि उपचारका लागि मन्थली अस्पताल लैजादै गर्दा एकजनाको बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईत चालक लामाको भने अहिले मन्थलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

रामेछापडाँडा बजारबाट मन्थली तर्फ जादै गरेको बा प्र ०१–०२६ च ४९१३ नम्बरको जिप शुक्रबार बेलुका ७ः४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए । प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार रामेछापबाट मन्थली आउँदै गरेको उक्त जिप उकालो स्थानमा ब्रेक नलागेर जिप पछाडि फर्किदा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।