नेपाली समय Loading...२०८३ भाद्र २६, शुक्रवार

‎ओखलढुङ्गामा सुमो र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक घाइते 

ओखलढुङ्गान्युज, २६ भदौ । ओखलढुङ्गामा शुक्रबार साँझ ७ बजेतिर मोटरसाइकल र सुमो गाडी एकआपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन्  ।‎घाइते हुनेमा मोटरसाइकलका चालक मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय मिलन बिक रहेका छन्।

‎जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ रमाइलो डाँडामा मिलनचोकबाट रमाइलो डाँडातर्फ जाँदै गरेको बा ७९ प २२७४ नम्बरको मोटरसाइकल र रमाइलो डाँडाबाट मिलनचोक तर्फ जाँदै गरेको ज १ ज २१८ नम्बरको सुमो गाडी एकआपसमा ठक्कर खादा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । 

घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल मिसन सोव्रुमा पुर्‍याइएको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइए पनि सामान्य अबस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिए ।

दुर्घटना पश्चात् मोटरसाइकल र सुमो दुवैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ।