मानेभन्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु
प्रकासित मिति : २०८३ भाद्र ३१, बुधवार
प्रकासित समय : १३:२६
ओखलढुङ्गान्युज, ३१ भदौ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा आज (बुधबार) बिहान १० बजेतिर ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मानेभन्ज्याङ गाउँपालिका ८ राघवपुरका ६५ वर्षीय छविलाल तिमल्सिना र सोही स्थानकै २० वर्षीय रबिन मगर रहेका छन्।
राघवपुरको शिवदूति आवि नजिकै रहेको हिलाम्य सडकमा ग्राभेलिङ गर्नका लागि ढुंगा लिन गएको ट्र्याक्टर अक्करे भिर नजिक दुर्घटना परेको हो । ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
चालक सहित पाँचजना सवार रहेको उक्त ट्रयाक्टरमा रहेका दुईजना भने हाम फालेर बच्न सफल भएका छन् । ट्रयाक्टर चालक २४ बर्षको मिलन राई घाइते भएका छन् भने उनको उपचारको लागि अहिले मानेभन्ज्याङ ल्याइएको छ ।
घटनाको बारेमा थप विस्तृत विवरण आउन बाँकी छ ।

