नझुक्किनुस आज सार्वजनिक विदा हैन

फायल तस्विर
ओखलढुङ्गान्युज, २२ भदौ । नेपाल सरकारले आज अर्थात भदौ २२ गते देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयले गत भदौ १० गते रोशी खोलामा आएको बाढीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा आज एकदिन राष्ट्रिय झण्डा आधा झुकाएर सम्मान स्वरुप शोक मनाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार आज २२ गते देशभर रहेका सरकारी कार्यालय, विदेश स्थित नेपाली राजदुतावास तथा सरकारी नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारले गरेको यस निर्णयलाई कतिपयले सार्वजनिक विदाको रुपमा ब्याख्या गरेपनि आज सार्वजनिक विदा दिईएको छैन ।
रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा सोही घटना भएको तेह्रौँ दिनको पुण्यतिथि भदौ २२ गते सोमबारका दिन देशभरि राष्ट्रिय शोक मनाउने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

