नेपाली समय Loading...२०८३ भाद्र २०, शनिवार

बाढी गएको ११ औ दिनमा दुई जनाको सकुशल उद्धार


ओखलढुङ्गान्युज, २० भदौ काठमाण्डौं । रसुवाको भोटेकोशीमा भिषण बाढी गएको ११ औं दिन उक्त स्थानहरुमा बाढीले पुरिएको ठाँउबाट दुईजनालाई सकुशल उद्धार गरिएको छ । शनिबार त्रिशुली १ जलविद्युत परियोजनाको सुरुङबाट एकजना र नुवाकोटको बेत्रावतीबाट एकजनालाई सकुशल उद्धार गरिएको हो ।

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको आनन्द श्रेष्ठको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै त्रिशूली–१ जलविद्युत परियोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उनी चिनियाँ नागरिक लुहाइताओ रहेको नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको सेनाले जनाएको छ ।

हिजो शुक्रबार पनि त्रिशूली ३ ए को सुरुङबाट पनि २ जनाको सकुशल उद्धार गरिएको थियो । शनिबार दुईजनाको सकुशल उद्धार भएपछि भित्र अझै अन्यपनि फसेको आशंकामा खोज तथा उद्धार कार्यलाई तिब्रता दिईएको छ ।