नेपाली समय Loading...२०८३ भाद्र १७, बुधवार

बाढीपीडितको लागि सुनकेशरी माविका विद्यार्थीले पठाए ५,८१०

 

ओखलढुङ्गान्यज, १६ भदौ रानीवन । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं। १० स्थित सुनकेशरी माध्यमिक विद्यालय, नर्कटे रानिवनका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर बाढीपीडितहरूका लागि आर्थिक सहयोग जुटाएका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा पुनरुत्थानका लागि विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा ५ हजार ८ सय १० रुपैयाँ संकलन गरेका हुन् ।

 अप्ठ्यारो परिस्थितिमा परेका बाढीपीडितहरूलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले आफूले पाउने खाजा खर्च जोगाएर सो रकम जम्मा गरेका हुन् । जम्मा गरेको रकमलाई उनीहरुले शोमबार आफ्नै विद्यालयका शिक्षक मार्फत पठाएका छन् । सामाजिक उत्तरदायित्व र मानवीय भावना बोकेर विद्यार्थीहरूले देखाएको यो अग्रसरता र योगदानलाई धेरैले प्रशंशा सरेका छन् ।

विद्यालयका विद्यार्थीहरूबाट संकलित उक्त ५ हजार ८ सय १० रुपैयाँ रकम आधिकारिक रूपमा प्रधानमन्त्री विपत् राहत उद्धार कोषु मा जम्मा हुने गरी पठाइएको छ। सानै उमेरदेखि सामाजिक कार्य र विपद्मा परेकाहरूलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउन विद्यार्थीहरूको यो प्रयासले अन्यलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ।