फेसबुकमा सरकारलाई सुझाव दिने कोशीका सचिवलाई रसुवा खटाइयो
ओखलढुङ्गान्युज, १४ भदौ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिवलाई रसुवामा काज सरुवा गरिएको छ । रसुवाको भोटेकोशीमा आएको विपतमा परि ज्यान गुमाएकाको शबलाइ ब्यबस्थापन गर्न सरकारले गरेको निर्णयमा शब ब्यबस्थापनमा हतार गर्न नहुने भन्दै सामाजिक सञ्जाल मार्फत सुझाव दिने सचिव कोषराज निरौलालाई रसुवामा काज सरुवा गरेको हो ।
सचिव निरौलाले रसुवामा बाढीपछि देखिएको मानवीय संकट तथा शव व्यवस्थापनको अवस्थाबारे फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले विपद्को समयमा उद्धारसँगै फेला परेका शवको पहिचान, सुरक्षित व्यवस्थापन र आफन्तलाई हस्तान्तरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउनुपर्ने विषय उठाएका थिए । सचिव निरौलाले दिएको सुझावका आधारमा उनलाई सब व्यवस्थापनका लागि रसुवा खटाइएको हो ।सरकारले उनलाई रसुवा खटाएको विषय अहिले सामाजिक सञ्जालमा समेत चर्चामा आएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्ने गरी काजमा खटाइएको हो । उनले शनिबार फेसबुकमा चितवनमा पहिचान नखुलेका शवलाई खाल्डो खनेर गाड्ने प्रक्रिया अघि बढाइएको विषयमा ध्यानाकर्षक गराउँदै सरकारलाई सल्लाह एवं सुझाव दिएका थिए । उनले विपद्का बेला भेटिएका शव तत्काल सामूहिक रूपमा गाड्नुभन्दा पहिला मृतकको पहिचान र आफन्तको खोजीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
मन्त्रालयले गृह प्रशासन तथा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव भएका कर्मचारीलाई परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै निरौलालाई रसुवा पठाउने निर्णय गरेको जनाएको छ। उनलाई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहतसँगै शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
निरौलालाई रसुवा पठाउने निर्णय उनको सामाजिक सञ्जालमा सार्वजनिक भएको शव व्यवस्थापनसम्बन्धी सुझावसँग जोडिएको देखिएको छ । उनले शनिबार फेसबुकमा चितवनमा पहिचान नखुलेका शवलाई खाल्डो खनेर गाड्ने प्रक्रिया अघि बढाइएको विषयमा ध्यानाकर्षक गराउँदै सरकारलाई सल्लाह एवं सुझाव दिएका थिए । उनले विपद्का बेला भेटिएका शव तत्काल सामूहिक रूपमा गाड्नुभन्दा पहिला मृतकको पहिचान र आफन्तको खोजीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए
सचिव निरौलाको उक्त फेसबुक स्टाटस अहिले भने हटाइसकिएको छ । तर, स्टाटस सार्वजनिक गरेको भोलिपल्टै उनलाई शव व्यवस्थापनकै जिम्मेवारीसहित रसुवा काजमा खटाइएपछि प्रशासनिक क्षेत्रमा उक्त निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

