नेपाली समय Loading...२०८३ श्रावण १७, आइतवार

मिस नेपाल २०२६ को उपाधी दिपमाला ढकाललाई

ओखलढुङ्गान्युज, १७ साउन काठमाण्डौं । मिस नेपाल २०२६ को ताज दीपमाला ढकालले पहिरिन सफल बनेकी छन् । मिस नेपाल २०२६ को संस्करणमा आफ्ना प्रतिष्पर्धीहरुलाई पछि पार्दै ढकालले ताज पहिरिन सफल बनेकी हुन् ।

ललितपुरको द प्लाजामा शनिबार सम्पन्न भएको फाइनलमा २३ जना आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ढकाल मिस नेपाल २०२६ को ताज पहिरिन सफल भएकी हुन् । मिस नेपाल ढकालले यसअघि पनि मिस नेपाल–हङकङ इन्टरनेश्नलको उपाधिसमेत जितिसकेकी छन् । त्यस्तै मिस नेपाल कस्मो कशिस सुब्बा र मिस नेपाल इन्टरनेश्नल उपाधि आर्या निशान्तले जितेका छन् । जजको रूपमा मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत सहभागी थिए । द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।

मिस नेपाल बनेकी दीपमाला प्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन् । यसबाहेक उनी तेक्वान्दो ब्ल्याक बेल्ट खेलाडी र म्याराथन धावकसमेत छिन् । मिस नेपाल ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन् । उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन् ।