नेपाली समय Loading...२०८३ श्रावण १४, बिहीवार

भर्याङबाट लडेर एक महिलाको चारवटा करङ भाचियो

सांकेतिक तस्विर – AI सृजित

ओखलढुङ्गान्युज, १३ साउन यसम । जिल्लाको लिखु गाउँपालिकामा घरभित्र रहेको भर्याङबाट लडेर एक महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा लिखु गाउँपालिका वडा नं. ९ पोकलीको पोखरीडाँडाकी ४५ बर्षिया रुपमाया तामाङ रहेकी छन् ।

मंगलबार साँझ घरको तलामाथि रहेको आलु लिन भनी तामाङ माथिल्लो तला चढेकी थिईन् । आलु लिएर फर्कने क्रममा तामाङ माथिल्लो तलाबाट भर्याङ हुदै भुइँमा पछारिएकी थिइन । भर्याङबाट भुइमा पछारिदा तामाङको देब्रे तर्फको ४ वटा करङ भाचिएर गम्भिर घाइते भएकी हुन् ।

घटना पश्चात घाइते तामाङलाई लिखु गाउँपालिकाको एम्बुलेन्सबाट राती नै उपचारका लागि काठमाडौं पुर्याइएको थियो । तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भै पारिवारिक श्रोतले जनाएको छ ।

केहीदिन अगाडी मात्रै लिखु गाउँपालिका ५ यसममा आफुले पालेको गोरुले हानेर एक ब्यक्ति गम्भीर घाइते भएका थिए । ती पुरुषको पनि चारवटै करङ भाँचिएको थियो भने करङ भाचिएर फोक्सोमा गम्भीर चोट लागेको थियो । उनको पनि हाल काठमाडौंमा नै उपचार भइरहेको छ ।