नेपाली समय Loading...२०८३ श्रावण २, शनिवार

टारकेराबारीमा एक घरमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट


ओखलढुङ्गान्युज, १ साउन यसम । जिल्लाको लिखु गाँउपालिका वडा नं. ८ टारकेराबारीको एक घरमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । टारकेराबारी मजुवाका मोहन बहादुर पौडेलको घरमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

शुक्रबार साँझ भुकम्प प्रतिरोधी घर नजिकै रहेको पशुचौपायालाई खोले पकाउने स्थानबाट आगो सल्किएको टारकेराबारीबाट शंकर तिमल्सिनाले जानकारी दिए । खोले पकाउने नजिकै दाउराको झिक्राहरु रहेको, झिक्राहरु नजिकै सुकेका दाउराको चाङ र काठका फल्याकहरु रहेका थिए । खोले पकाउने स्थानमा रहेको झिक्राहरु हुदै छेउमा रहेको दाउरा र फल्याकहरु सल्किएपछि ढुङ्गामाटाको गा¥हो र जस्ताको छाना भएको एकतले घर जलेको हो ।

घर जल्दा घरभित्र रहेका दाउरा र भाडा बर्तन जलेर नष्ट भएपनि अन्य धनजन तथा पशुचौपाया भने क्षति हुन पाएन । घर आगलागी भएको थाहा पाउनसाथ आगलागी नियन्त्रणका लागि स्थानीय जम्माभएका थिए । स्थानीयको प्रयासका बाबजुद एकघर जलेपनि नजिकै रहेको अन्य घरहरु भने जोगाउन सफल भएको बताईएको छ । घटनाको बारेमा थप जानकारी र क्षतिको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।