आज देशका अधिकांश स्थानमा सानो देखी भिषण पानी पर्न सक्ने
ओखलढुङ्गान्युज, २६ असार काठमाण्डौं । देशका सातओटै प्रदेशका अधिकांश स्थानहरुमा आज सामान्य देखी भिषण बर्षातको सम्भानवना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहिबार पनि देशका अधिकांस स्थानमा सामान्य देखि भारि वर्षात भएकोमा उक्त प्रकृया आज पनि जारी रहने जल तथा मौषम विज्ञान विभागले जनाएको हो ।
आज शुक्रबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्ने प्रस्ट पारेको छ । सबै प्रदेशको पहाडी भूभागको थोेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको समेत सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले जनाएको छ।
देशमा मौसम ढिला गरि भित्रिए पनि आवश्यक मात्रामा वर्षात नहुँदा किसानले अहिले सम्म राम्रोसँग धान रोपाई गर्न पाएका छैनन् । विहिबार पानी परेसँगै धान रोपाई गर्न नपाएका किसानलाई भने राहत पुगेको छ ।

