नेपाली समय Loading...२०८३ असार २०, शनिवार

मानेभन्ज्याङ गाउँपालिकाका विद्यार्थीलाई मुक्तिनाथको स्टेशनरी सहयोग 

ओखलढुङ्गान्युज, १९ असार मानेभन्ज्याङ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई स्टेसनरी सहयोग हस्तान्तरण गरेको छ। मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ मा रहेको भगवती माविका कक्षा १ देखि ८ सम्म अध्ययनरत रहेका १०८ जना विद्यार्थीलाई बैंकले स्टेसनरी सहयोग गरेको हो । 

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानेभन्ज्याङमा रहेको शाखाले शुक्रबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै स्टेसनरी सामग्री हस्तान्तरण गरेको हो। बैंकका क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत मुकेशविक्रम वस्ती तथा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले संयुक्त रुपमा विद्यार्थीहरूलाई स्टेसनरी वितरण गरेका हुन् ।

केही समय अगाडि मुक्तिनाथ विकास बैंक लिमिटेडको ओखलढुङ्गा सदरमुकाममा रहेको शाखाले सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत रहेका दुई जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । मानेभन्ज्याङ गाउँपालिकामा रहेको शाखाले भने विद्यालयका १०८ जना छात्र छात्राहरुलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै ६० हजार बराबरको स्टेसनरी वितरण गरेको मानेभन्ज्याङ शाखाका प्रबन्धक विकल्प भट्टराईले जानकारी दिए ।