आयल निगमले घटायो डिजेलमा ३० र पेट्रोलमा २० रुपैया
ओखलढुङ्गान्युज, १७ असार काठमाण्डौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य भारी रुपमा घटाएको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना जारी गर्दै घटाएको मूल्य बुधबार विहान राती १२ बजेबाट नै लागूहुने जनाएको छ ।
मध्यराती देखी लागूहुने गरि आयल निगमले डिजेलमा प्रतिलिटर ३० रुपैया र डिजेलमा प्रतिलिटर २० रुपैयाले मूल्य घटाएको हो । मध्यराती देखी घटाईएको मूल्य अनुसार खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाले घटाईएको हो ।
यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य घटेर आएपछि निगमले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्य घटाएको हो । इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

