नेपाली समय Loading...२०८३ असार ११, बिहीवार

ओखलढुङ्गा खेलकुदको अध्यक्षमा गुरुङ मनोनित

ओखलढुङ्गान्युज, ११ असार। जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाको अध्यक्षमा अनित गुरुङ मनोनित भएका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको असार १० गते बसेको बैठकले गुरुङलाई ओखलढुङ्गाको जिल्ला अध्यक्षमा मनोनयन गरेको हो । 

अध्यक्षमा गुरुङले जिम्मेवारी पाएसँगै झण्डै तीन महिना देखी नेतृत्व विहिन रहेको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले नेतृत्व पाएको हो । गत २०८२ चैत्र २३ गते देखि तत्कालीन अध्यक्ष प्रवीण श्रेष्ठको पदावधि सकिएसँगै जिल्ला खेलकुद विकास समिति नेतृत्व विहीन रहेको थियो ।

मनोनित अध्यक्ष गुरुङ त्रिभुवन आर्मी क्लबका पूर्व एथ्लेटिक्सको खेलाडी हुन । खेलाडीहरूको उत्पादनमा माया तथा संरक्षण गर्ने अलग्गै पहिचान बनाएका गुरुङ हाल एथ्लेटिक्स एवम् कबड्डीको प्रशिक्षक र निर्णायकका साथै कोच समेत रहेका छन् ।