नेपाली समय Loading...२०८३ असार ९, मंगलवार

ओखलढुङ्गामा उज्यालो नेपाल पार्टीको तदर्थ समिति गठन 

ओखलढुङ्गान्युज, ९ असार । उज्यालो नेपाल पार्टीले ओखलढुङ्गामा तदर्थ समिति निर्माण गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उज्यालो नेपाल पार्टी ओखलढुङ्गाले आज (मंगलबार) तदर्थ समिति निर्माण गरेको हो । 

मंगलबार गठन गरिएको उज्यालो नेपाल पार्टी ओखलढुङ्गाको तदर्थ समितिको जिल्ला सभापतिमा मेखबहादुर तामाङ रहेका छन् । तदर्थ जिल्ला समितिको उपाध्यक्षमा कल्याण तामाङ र सदस्यहरूमा पूर्णबहादुर तामाङ, लक्ष्मी गुरुङ, गंगा गुरुङ र अमृत तामाङ रहेका छन् । जिल्ला कमिटीको महिला उपाध्यक्ष, सचिव र सहसचिव पद भने खाली रहेको छ । 

जिल्ला तदर्थ समितिको बाँकी खाली पदहरु पनि चाँडै फुलफिल गर्ने सभापति तामाङले बताए । संगठन विस्तार तथा जनतासँगको भेटघाट र सुझाव संकलन कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष घिसिङ सँगै केन्द्रीय सचिव केदार खड्का लगायतको टीम ओखलढुङ्गा दौडाहमा आएको हो । यो टीम केहि दिन ओखलढुङ्गामा रहनेछ ।