नेपाली समय Loading...२०८३ असार ९, मंगलवार

असार ११ गतेबाट रामेछापको साँघुटारमा बजाजको झ्याम्मै एक्सचेन्ज मेला

ओखलढुङ्गान्युज, ८ असार । रामेछाप जिल्लाको साँघुटार बजारमा नेपालको सबैभन्दा ठूलो टूह्विलर ब्रान्ड बजाज मोटरसाइकलको विशेष एक्सचेन्ज मेला आयोजना हुने भएको छ। नयाँ खोज्नेलाई बजाजले दिन्छ झ्याम्मै भन्ने मुख्य नाराका साथ रामेछाप र ओखलढुङ्गाको सिमानामा अवस्थित प्रमुख व्यापारिक केन्द्र साँघुटार बजारमा उक्त मेला हुन लागेको हो।

स्थानीय बिक्रेता प्रतिनिधी विनोद खत्रीका अनुसार मेला आगामी २०८३ असार ११ गतेदेखि सुरु भई असार १६ गतेसम्म सञ्चालन हुनेछ। ६ दिनसम्म चल्ने यस एक्सचेन्ज महामेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर साट्न र त्यसको बदलामा बजाजका आधुनिक एवं आकर्षक नयाँ बाइकहरू घर लैजान सक्नेछन्। मेलालाई थप आकर्षक बनाउन कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको अफरमा मेला अवधिभर बाइक खरिद गर्ने ग्राहकले झ्याम्मै २ वर्षको रोड ट्याक्स (कर) बुझाउनु पर्ने छैन । त्यस्तै पुराना सवारी साधनको बजारमै सबैभन्दा उच्च एक्सचेन्ज भ्यालुएसन प्रदान गर्ने, मेलास्थलमै तुरुन्तै फाइनान्सको सुविधा उपलब्ध हुनुका साथै प्रक्रियामा कुनै पनि सेवा शुल्क नलाग्ने बताईएको छ ।

त्यस्तै नयाँ बाइकको खरिदमा आकर्षक नगद छुटको समेत व्यवस्था गर्नुका साथै प्रत्येक नयाँ बजाज बाइकको खरिदमा ग्राहकहरूलाई एक थान सुरक्षित हेल्मेट पूर्ण रूपमा निःशुल्क प्रदान गरिने प्रतिनिधी खत्रीले जानकारी दिए। यातायातको सहजता र नयाँ बाइक चढ्ने चासो राख्ने स्थानीय ग्राहकहरूका लागि यो एउटा सुनौलो अवसर भएको आयोजकले जनाएका छन् ।