नेपाली समय Loading...२०८३ असार १, सोमवार

सिद्धिचरणमा छात्रा कबड्डी प्रतियोगिता ः विजेताले पाउनेछन् नगद रु ३३,३३३

ओखलढुङ्गान्युज, १ असार । जिल्लाको सिद्धिचरण नगरपालिकामा अन्तर माद्यमिक विद्यालय स्तरीय खुला छात्रा कबड्डी प्रतियोगिता हुनेभएको छ । नगरपालिकाको वडा नं. ३ अधेरी नारायणस्थानको आयोजनामा कबड्डी प्रतियोगिता हुन लागेको हो ।

खेलाडीको उत्पादन तथा प्रोत्साहन गर्ने वडा कार्यालयको बार्षिक योजना तथा कार्यक्रम अनुसार विनियोजित बजेटबाट वडा कार्यालयले छात्रा कबड्डी प्रतियोगिता गर्न लागेको हो । प्रातियोगितामा सहभागी भई विजेता बन्ने टीमले नगद रु ३३ हजार ३३३ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुने टीमले नगद रु २२ हजार २२२ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाईनलमा पुग्न सफल दुवै टीमले नगद रु ७ हजार ७७७ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि सहभागीता जनाउने विद्यालयमा नियमित अध्ययन गर्दै गरेको हुनुपर्ने आयोजकले नियम बनाएको छ । नियमित अध्ययन गर्दै गरेका भन्दा बाहेकका खेलाडीलाई सहभागी गराउन नसकिने समेत आयोजकले जनाएको छ । त्यस्तै विद्यालयमा नियमित अध्ययन गर्दै गरेको भएपनि राष्ट्रियस्तरमा खेलमा सहभागीता जनाइसकेको खेलाडीलाई प्रतियोगितामा सहभागिता नगराईने आयोजकले जनाएको छ ।