नेपाली समय Loading...२०८३ जेष्ठ २७, बुधवार

लिखु ६ खाल्टेका वडा अध्यक्ष मगरलाई मातृशोक 

ओखलढुङ्गान्युज, २७ जेठ काठमाडौँ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ गाम्नाङटार खाल्टेका वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरलाई मातृशोक परेको छ । वडा अध्यक्ष मगरको आमाको आज बिहान निधन भएको हो ।

वडा अध्यक्ष मगरको आमा पदमकुमारी मगरको ६८ वर्षको उमेरमा आज बुधबार बिहान ५ बजे काठमाडौँमा निधन भएको हो । झन्डै ६ महिनादेखि विभिन्न रोगले पीडित मगरको उपचारकै क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

मृतकको शबको बुधबार बिहान नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।