नेपाली समय Loading...२०८३ जेष्ठ २५, सोमवार

सुनकोशीको ककनीमा एक बालिकाको संकास्पद मृत्यु

ओखलढुङ्गान्युज, २४ जेठ मूलखर्क । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. ९ को ककनी भन्ने स्थानमा एक बालिकाको शब फेला परेको छ । शब फेला पर्नेमा सोहि स्थानकी राम बहादुर रापचाकी छोरी १२ बर्षिया विना कुमारी रापचा रहेकी छन् ।

मृतक बालिका सुनकोशी गाउँपालिका वडा नं. ९ मा रहेको चम्पादेवी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन् । आइतबार नियमित संगती (क्रिश्चियनहरुको प्रार्थना गर्ने स्थान) गर्ने स्थानमा सरसफाई गर्न भनेर मृतक बालिका शनिवार साँझ गएकी थिइन् । सरसफाइ गर्न भनेर गएकी बालिका ढिला सम्म नफर्केपछि हेर्न जाँदा संगती गर्ने कोठा भित्र नै मृत अवस्थामा फेला परेको सुनकोशी गाउँपालिका ९ का वडाध्यक्ष हितराज कार्कीले जानकारी दिए ।

घटनावारे जानकारी हुनासाथ घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । प्रहरीले आवश्यक कानूनी प्रकृया पुरा गरि बालिकाको शबलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो । आइतबार पोष्टमार्टम पश्चात शबलाइ परिवारको जिम्मा लगाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।