ओखलढुङ्गाका सिडिओ मँग्रातीको सरुवा, पोखरेल आउने

ओखलढुङ्गान्युज, २२ जेठ ओखलढुङ्गा । गृह मन्त्रालयले देशका १३ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । आज शुक्रबार बसेको गृहमन्त्री स्तरीय बैठकको निर्णयबाट १३ वटा जिल्लाका (सिडिओ) प्रमुख जिल्ला अधिकारीको परिवर्तन गरेको हो ।
मन्त्रालयले गरेको प्रमुख जिल्ला अधिकारीको परिवर्तनमा ओखलढुङ्गा जिल्ला पनि परेको छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मँग्रातीलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय उदयपुरमा पठाएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई भने सुर्खेत सरुवा गरेको छ । ओखलढुङ्गामा भने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुकराज पोखरेलाई पठाएको छ ।
गृह मन्त्रालयले ओखलढुङ्गा, उदयपुर, कास्की, रामेछाप, संखुवासभा, सप्तरी लगायत १३ वटा जिल्लामा सिडिओ परिवर्तन गरेको हो । आज शुक्रबार बसेको बैठकले गृह मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिवको परिवर्तन गरेको छ ।

